Information is intelligence
HomeNewsप्रहरीले नै पत्रकार मोजुबुल्लाहलाई फसाएको पुष्टि

प्रहरीले नै पत्रकार मोजुबुल्लाहलाई फसाएको पुष्टि

- Advertisement -spot_img

रौतहतका पत्रकार मोहम्मद मोजुबुल्लाहलाई मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीले नाटकीय ढंगले फसाएको पुष्टि भएको छ।

सिसी क्यामरामा रेकर्ड भएको लागूऔषध राख्दै गरेको भिडियोकाे अनुसन्धानबाट पत्रकार मोजुबुल्लाह निर्दोष रहेको पुष्टि भएको जनाइएको छ।

प्रहरीले साउन ३२ गते पत्रकार मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको थियो। तर सिसी टिभी फुटेजमा अरूले नै  लागूऔषध राखेकाे दृश्य सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले त्यसबारे अनुसन्धान थालेको थियो।

अनुसन्धानपछि घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले मोटरसाइकलमा लागुऔषध राख्न लगाएको पाइएको जनाइएको छ। ती दुई प्रहरीले धिरज यादव भन्ने व्यक्तिलाई लागूऔषध राख्न लगाएको खुलेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु