Information is intelligence
HomeEntertainment & Arts‘मन कि मन्जरी’ सार्वजनिक

‘मन कि मन्जरी’ सार्वजनिक

- Advertisement -spot_img

बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मन्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृट बनेको छ ।

बलबहादुर द भोइस अफ नेपाल सिजन दुईको उत्कृष्ट नौमा पर्न सफल भएका थिए भने अस्मिता नेपाल आइडल सिजन दुईको फाइनलिस्ट हुन् ।

बलबहादुरको यसअघि सार्वजनिक गीत ‘जेल पनि सहुँला…’लाई स्रोता/दर्शकले अत्यधिक मन पराएका थिए । ‘मेरा अन्य गीत जस्तै यो सार्वजनिक गीतलाई पनि स्रोता/दर्शकले माया गरिदिनेमा आशावादी रहेको छु’, बलबहादुरले भने।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु