Information is intelligence
HomeSportsराष्ट्रिय क्रिकेट टोलिको जर्सी अनावरण

राष्ट्रिय क्रिकेट टोलिको जर्सी अनावरण

- Advertisement -spot_img

नेपालको राष्ट्रिय क्रिकेट टोलिका सदस्यले लगाउने पहिरन(जर्सी) परिवर्तन गरिएको छ । सोमबार एक समारोहका बीच नेपालको राष्ट्रिय क्रिकेट टोलिको जर्सी अनावरण गरिएको हो ।

रातो र निलो रङ्गको जर्सीको देब्रपट्टीमाथि नेपाल क्रिकेट संघको लोगो र नेपालको राष्ट्रिय झण्डा अङ्कित गरिएको छ । जर्सीको प्रायोजक ‘माइ सेकेण्ड टिचर’ मध्य भागमा लेखिएको छ भने मुनि नेपाल लेखिएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले करिब ४० दिन अघि जर्सीको नमूना तयार गर्न खुला गरेको थियो । उत्कृष्ट नमूना ठहरिनेलाई एक लाख रुपियाँ पुरस्कार दिइने क्यानले जनाएको थियो । क्यानको उक्त सूचना बमोजिम करिब पाँच सय जनाले राष्ट्रिय क्रिकेट टोलिको जर्सीको नमूना पठाएको थियो । जसमध्ये आदर्श पोखरेलले तयार गर्नुभएको नमूना क्यानले स्वीकृत गर्दै लागू गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु