Information is intelligence
HomeNewsकुलमान घिसिङको नियुक्तिविरुद्धको रिटबारे यस्तो छ पछिल्लो अपडेट

कुलमान घिसिङको नियुक्तिविरुद्धको रिटबारे यस्तो छ पछिल्लो अपडेट

- Advertisement -spot_img

नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ ।

भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार सो रिटको सुनुवाइ मङ्गलबारका लागि तोकिएको छ ।

सरकारले निवर्तमान प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको प्रमुखको साटो उर्जा आयोगको विज्ञमा नियुक्ति गरेकोमा त्यसका विरुद्ध उहाँले सर्वोच्चमा रिट दायर गरेका थिए ।

ऊर्जा आयोगमा सचिवसरहको सेवा सुविधा दिई शाक्यलाई चार वर्षका लागि नियुक्ति गरिएको थियो । शाक्यले साउन ३२ गते नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु