Information is intelligence
HomeNewsपूर्व सुरक्षाकर्मी परिषद्को प्रधानमन्त्रीलाई १९ बुँदे माग, MCC देखि हिन्दुराष्ट्रसम्मको चर्चा...

पूर्व सुरक्षाकर्मी परिषद्को प्रधानमन्त्रीलाई १९ बुँदे माग, MCC देखि हिन्दुराष्ट्रसम्मको चर्चा (पत्र सहित)

- Advertisement -spot_img

पूर्व सुरक्षाकर्मी परिषद्कोर्व सुरक्षाकर्मी परिषद् नेपालले प्रधानमन्त्री शेर बशादुर देउवा समक्ष १९ बुँदे माग पत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा सोमबार बिहान परिषद्को एक प्रतिनिधी मण्डलले राष्ट्रसेवक सुरक्षाकर्मीको मनोवल बृद्ध गर्ने देखि देशको राष्ट्रियता बलियो बनाउने लगायतका बिभिन्न १९ बुँदै माग पत्र प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको हो ।

परिषदले द्वन्दपिडीत सुरक्षाकर्मीको सेवा-सुबिधा, उपचारको व्यबस्था, बालबच्चाको शिक्षा र रोजगारीको ब्यबस्था गर्न माग गरेको छ । त्यस्तै सुरक्षाकर्मीहरुको छुट्टै आयोग गठन गरी स्थानिय तह देखि राष्ट्रिय सभा सम्म १० प्रतिशत पूर्व सुरक्षाकर्मीलाई नियुक्ती गर्न माग गरेको छ ।

परिषदले बिगतको १० वर्षे द्वन्दको क्रममा वीरगति प्राप्त गरेका सुरक्षाकर्मीलाई पीडक करार गरेकोमा आपत्ति जनाउँदै पिडीत करार गर्न पनि माग गरेको छ । बेलायको सेना र भारतीय सेनामा कार्यरत सैनिक माथि गरिएको बिभेद अन्त्य गर्न सरकारको स्तरमा वार्ता गरी न्यायको प्रत्याभुति दिलाउन परिषद्ले माग गरेको छ ।

लोक सेवाबाट सुरक्षा निकायमा लिईने परिक्षामा सुरक्षाकर्मीको आश्रीत परिवारलाई १० प्रतिशत आरक्षणको ब्यबस्था गर्न पनि परिषद्ले माग गरेको छ । सुरक्षा निकाय र अन्य निकाय बीच मर्यादा क्रमको प्रोटोकल अनुसार राज्यले हेर्ने दृश्टिकोणमा बिभेद भएकोले सुरक्षाकर्मीको मनोवल उच्च बनाउन प्रोटोकल परिवर्तन गर्न माग गरेको छ । शान्ती मिसनमा जाने सुरक्षाकर्मीको तलव स्केलमा २५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने लगायतका १९ बुँदे माग पत्र प्रधानमन्त्री देउवालाई बझाएको परिषद्का अध्यक्ष के वी राउतले जानकारी दिए । माग पत्र बुझ्दै प्रधानमन्त्री देउवाले अध्यायन गरेर अगाडी बढ्ने प्रतिकृया दिनु भएको राउतको भनाई थियो । सरकारले आफ्ना माग सुनुवाई नगरे संघर्षमा उत्रिने परिषद्ले चेतावनी दिएको छ ।

माग पत्र

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु