Information is intelligence
HomeSportsत्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान

त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान

- Advertisement -spot_img

त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान गएको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान सलाम एयरबाट मस्कट प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ ।

श्रृङ्खलाअघि नेपालले पपुवा न्युगिनीसँग भदौ २० र २३ गते दुई वटा एक दिवसीय खेल्नेछ ।

विश्व क्रिकेट लिग–२  अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु