Information is intelligence
HomeShare Bazarमञ्जुश्री फाइनान्सको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

- Advertisement -spot_img

मञ्जुश्री फाइनान्स लिमिटेडले साउन १४ गतेदेखि विक्रीमा ल्याएको संस्थापक शेयरका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने भदौ ८ गते मंगलवार अर्थात आज अन्तिम दिन रहेको छ । कम्पनीले १२ हजार ५८७ कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. ३०० तोकिएको छ । 

यो शेयर खरिद गर्न चाहने लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्युनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

तोकिएको अवधिभित्र प्राप्त आवेदन भदौ ९ गते विहान १० बजे विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट, काठमाडौंको कार्यालयमा खोलिने कार्यक्रम छ । शेयर बाँडफाँटमा सबैभन्दा पहिलो विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई बढी बोलकबोल गर्ने आवेदकहरुमा बाँडफाँट गरिने कम्पनीको भनाई छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु