Information is intelligence
HomeNewsफेरी बत्ती झ्यापझ्यापी जान थाल्यो : यस्तो छ कुलमान घिसिङको रियाक्सन

फेरी बत्ती झ्यापझ्यापी जान थाल्यो : यस्तो छ कुलमान घिसिङको रियाक्सन

- Advertisement -spot_img

बिना जानकारी बत्ती झ्यापझ्यापी जान थालेपछि विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कर्मचारीहरुलाई सेवा प्रभावकारी बनाउन निर्देशन दिएका छन्। 

झ्याप्प झ्याप्प बत्ती जाने, नयाँ बत्ती जडानका लागि मिटर नपाइने, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो बढ्न थालेपछि सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले पहल सुरु गरेको जनाएको छ। विद्युत आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण बढाउन, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको प्राधिकरणका अधिकारीहरुको भनाइ छ।

घिसिङले सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, सातवटै प्रादेशिक कार्यालयहरु, प्रदेश डिभिजन कार्यालयहरु र शाखाका प्रमुखहरुसँग भर्चुअल बैठक राखेका थिए। उनले कार्यालयहरुले बेहोरिरहेका समस्याहरुका बारेमा छलफल गरी गुणस्तरीय विद्युत आपूर्ति, सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन दिएका हुन्।

‘छिनछिनमा बत्ती जाने, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने जस्ता गुनासो मलाई मात्रै हैन ऊर्जा मन्त्रीज्यूकोमा समेत आउने गरेको छ। यस्ता गुनासोलाई तत्काल समाधान गरी उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैं सुध्रिएर नैतिक आचरण देखाउनु पर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, स्थानीय तह र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्छ।’

उनले विद्युतको माग बढाउन ग्राहकले माग्ने वित्तिकै थ्रि फेज मिटर दिनुपर्ने बताए। प्रसारण तथा वितरण संरचनाहरुको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाइ तत्काल काम सुरु गर्नुपर्ने उजमो भनाइ छ। निर्माणाधीन आयोजनाहरुको छिट्टो सम्पन्न गर्ने, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्न लागिएको प्राधिकरणले जनाएको छ।

कर्मचारीको आचरण सुधार गरी सुशासन कायम गर्न गलत काम गर्ने कर्मचारीलाई कारबाही, माथिल्लो निकायलाई जानकारी नदिई कार्यालय नछोड्ने, संस्थालाई थप आर्थिक भार पर्ने कुनै पनि गतिविधि नगर्ने जस्ता व्यवस्था प्राधिकरणले गरेको छ।

बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपयकार्यकारी निर्देशक मनोज सिलवालले चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह सुधारमा केन्द्रित हुन निर्देशन दिए। उनले रुग्ण बनेका आयोजनाहरुको ठेक्का तोड्न र कुनै ठेकेदारबाट काम हुँदैन जस्तो लागेमा ठेक्का तोड्ने प्रस्ताव ल्याउन आग्रह गरे। कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुखहरुले आफ्नो क्षेत्रमा संरचना अभावमा मागअनुसार विद्युत् दिन नसकिएको, पोल, ट्रान्सफर्मर, मिटरलगायतका अभाव रहेको जानकारी गराएका थिए। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु