Information is intelligence
HomeShare Bazarभोलिदेखि आउदै नयाँ आइपीओ : कति दिन पाइन्छ आवेदन? कस्तो छ कम्पनि...

भोलिदेखि आउदै नयाँ आइपीओ : कति दिन पाइन्छ आवेदन? कस्तो छ कम्पनि ?

- Advertisement -spot_img

काठमाडौँ भाद्र ८ । भोलिबाट तेह्रथुम पावर कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । 

कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्। 

कम्पनीको उक्त आईपिओमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ तर छिटो अवधिमै माग भन्दा बढि आवेदन पर्ने भने प्रमय निश्चित छ। 

बिक्री प्रबन्धक

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । 

रेटिङ

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आइपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु