Information is intelligence
HomeEducationकक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन सरकारलाई निर्देशन

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन सरकारलाई निर्देशन

- Advertisement -spot_img

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिसहित गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मंगलबार जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिसहित परीक्षा गराउन निर्देशन दिएको हो ।

समितिका सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिइन्। समितिका सदस्य डा.सुरेन्द्र यादवले विद्यार्थीलाई खोपको पहिलो मात्रा लगाएर परीक्षामा समावेश गराउन सकिने बताए ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित भएको थियो । समिति सदस्य अन्जना बिशन्खेले परीक्षा जनस्वास्थ्य मापदण्डसहित गराउनुपर्ने भन्दै शैक्षिक सत्र बिथोल्न नहुने बताइन् ।

समिति सदस्य विद्या भट्टराईले कक्षा १२ को परीक्षा सम्बन्धमा स्वास्थ्य मन्त्रालयसँग र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल निर्णय लिनुपर्ने बताइन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु