Information is intelligence
HomeShare Bazar५६ अंकले घटेको नेप्सेमा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

५६ अंकले घटेको नेप्सेमा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

यो साताको पहिलो दिन मंगलबार कारोबार हुँदा शेयर बजारमा गिरावट आएको छ । मंगलबार शेयर बजार ५६ दशमलव ०३ अंकले घटेर ३,१२५ दशमलव ०१ को विन्दुमा कायम भएको छ ।

मंगलबार ३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज फाइनान्स कम्पनी र निर्जीवन बीमा समूह बाहेक सबै उपसूचक घटेका छन् ।

मंगलबार दिनभरिमा २२५ वटा कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण कावेली पावरको ७१ करोड ९१ लाख, नेशनल हाइड्रोपावर कम्पनीको ५८ करोड ५३ लाख, रिडी हाइड्रोपावर कम्पनीको ४७ करोड २० लाख, नेपाल बैंकको ४१ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

मंगलवार रुरु खोला, जोशी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रो, सिनर्जी पावर, नेशनल हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी, घलेम्दी हाइड्रो लगायतका कम्पनीको शेयरमा नेगेगिभ सर्किट लागेको छ । १० प्रतिशत मूल्य घटबढ हुँदा सर्किट लाग्ने गर्छ ।

मंगलबार १४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् भने ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु:

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु