Information is intelligence
HomeSportsएसियन कप छनोटको लागि नेपाली राष्ट्रिय महिला टिम घोषणा

एसियन कप छनोटको लागि नेपाली राष्ट्रिय महिला टिम घोषणा

- Advertisement -spot_img

एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।

एन्फाले घोषणा गरेको टिममा ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ,सबिता राना,  रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टिममा परेकी छिन् ।

नेपाली टिम :

अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना,  हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु