Information is intelligence
HomePoliticsपदाधिकारीहरुलाई जेठ २ पूर्वकै जिम्मेवारीमा फर्किन एमालेको निर्देशन

पदाधिकारीहरुलाई जेठ २ पूर्वकै जिम्मेवारीमा फर्किन एमालेको निर्देशन

- Advertisement -spot_img

 नेकपा एमालेले २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन सबै पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिएको छ ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले जेठ २ पूर्वकै जिम्मेवारीमा क्रियाशील रहन निर्देशन दिएको हो ।

बैठकपछि बोल्दै पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बैठकबारे जानकारी दिँदै पार्टीका सबै पदाधिकारीलाई काममा फर्किन निर्देशन दिने निर्णय भएको जानकारी दिए ।

‘सबै तहका पार्टी कमिटी र जनसंगठनलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने । त्यसैगरी १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटीमा प्रेषित गर्ने निर्णय भएको छ ।’ उनले भने ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु