Information is intelligence
HomeShare Bazarतेह्रथुम पावरको आइपीओ खुल्यो, आइपिओ भर्नुअघि कम्पनि बारे जान्नै पर्ने कुरा

तेह्रथुम पावरको आइपीओ खुल्यो, आइपिओ भर्नुअघि कम्पनि बारे जान्नै पर्ने कुरा

- Advertisement -spot_img

आजदेखि तेह्रथुम पावर कम्पनीले साधारण शेयर निष्कासन  भएको छ ।  यो शेयर भाद्र महिनाको पहिलो शेयर हो । 

कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । 

कम्पनीको कुल सेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्। 

आईपीओमा आवेदन दिने तरिका

कम्पनीको उक्त आईपिओमा भदौ १३ गतेसम्म र ढिलोमा (माग अनुसार आवेदन नपरे) भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ तर छिटो अवधिमै माग भन्दा बढि आवेदन पर्ने भने प्रमय निश्चित छ। 

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ ।

रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम कर्जा जोखिम रहेको जनाउँदछ ।

कम्पनी बारे

तेह्रथुम पावर कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६६ साउन ३२ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएर कारोबार शुरु गरेको कम्पनीको हो ।

२०७५ असार ७ गतेको निर्णय अनुसार प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत भई २०७५ असार ३२ गते देखि कारोबार सञ्चालन गर्दै आइरहेको कम्पनी हो ।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर २५ मा रहेको छ । कम्पनीको आयोजना स्थल भने तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाँउपालिकामा अवस्थित खोरुङ्गा र इवाखोलामा रहेको छ ।

कम्पनी खोरुङ्गा र इवाखोलामा माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत आयोजना (७.५ मेगावाट) बाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा संचालन गर्न विद्युत उत्पादनको अनुमति नेपाल सरकार उर्जा मन्त्रालयबाट मिति २०७३ भदौ ८ गतेका गरेको थियो ।

कम्पनीले उक्त आयोजनाबाट २०७६ फागुन १७ गतेबाट व्यवसायिक रुपमा विद्युत उत्पदान गर्दै आइरहेको छ ।

आईपीओ जारी गर्नुको उदेश्य

कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता (स्थानिय बासिन्दालाई ४ लाख कित्ता सहित) शेयर निष्काशनमा ल्याएको छ ।

आईपीओ निष्काशन गरेर संकलन भएको रकम कम्पनीबाट निर्माणको लागि अगाडी सारिएका माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत आयोजनाको ऋण दायित्व भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

कम्पनिको प्रति सेयर आम्दानि र लक्ष्य

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु