Information is intelligence
HomeSportsराष्ट्रिय टोलीबाट थप तीन खेलाडी बाहिरिए

राष्ट्रिय टोलीबाट थप तीन खेलाडी बाहिरिए

- Advertisement -spot_img

काठमाडौं– माल्दिभ्समा आयोजना हुने १३औं संस्करणको साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीबाट तीन खेलाडी बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले गोलरक्षक अपर्ण कार्की, शिशिर लेखी र अभिषेक रिजाल बाहिरिएको जनाएको छ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीमा २५ खेलाडीलाई समेटेका छन् । हाल प्रतियोगिताको तयारी गर्ने क्रममा नेपालको राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणमा पोखरामा छ ।

साफ अक्टोबर १ देखि १३ (असोज १५ देखि २७) सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, भारत, नेपाल र माल्दिभ्स गरी पाँच टोली सहभागी हुनेछन् । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

साफ च्याम्पियनसिपका सबै खेल राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा खेलाइने छ । नेपाल हालसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म पुगेको छैन । साफ च्याम्पियनसिपअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु