Information is intelligence
HomeShare Bazarसानिमा लाइफको शेयर दोस्रो बजारमा आउँदै

सानिमा लाइफको शेयर दोस्रो बजारमा आउँदै

- Advertisement -spot_img

काठमाडौं–सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ पश्चात दोश्रो बजारमा शेयर किनबेच हुँदै छ । दोस्रो बजारमा आए पछि पहिलो शेयर कारोवार कतिमा होला ?

आम लगानीकर्तालाई चासोको विषय बनेको आईपीओ सूचीकरणका लागि हालसम्म प्रक्रिया चलिरहेकाे र अर्काे साताभित्र सूचिकृत सम्पन्न गरी काराेबार सुरू गर्ने तयारी गरिएकाे जानकारी सानिमा लाइफ इन्स्याेरेन्स कम्पनीबाट प्राप्त भएको छ । 

कति होला ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष ०७५/७६ सम्म रू. १०३ दशमलव १७ रहेको छ ।

त्यसैले पहिलो कारोवार न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ १७ पैसा र अधिकतम ३०९ रुपैयाँ ५१ पैसा सम्म रेञ्ज पाउने अनुमान छ । सानिमा लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६÷७७को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५÷७६ को किताबी मूल्य १०३ रुपैयाँ १७ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ । 

यदि आर्थिक वर्ष ७६÷७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने १०९ दशमलव ६७ को आधारमा रेञ्ज (१०९.६७ देखि ३२९.०१ ) तय हुने थियो तर आर्थिक वर्ष ७६÷७७ को व्यवस्थापनबाट प्रमाणित अपरिस्कृत वित्तीय विवरण हो।  स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनु पर्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु