Information is intelligence
HomeNewsकेपी ओलीले आज पत्रकार सम्मेलन गर्दै

केपी ओलीले आज पत्रकार सम्मेलन गर्दै

- Advertisement -spot_img

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार (आज) बिहान ११ बजे ‘विशेष पत्रकार सम्मेलन’ गर्ने भएका छन् ।

एमाले केन्द्रीय सदस्य सूर्य थापाका अनुसार अध्यक्ष ओलीले मंगलबार भएको स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयमा प्रकाश पार्न पत्रकार सम्मलेन गर्न लागेका हुन् ।  

तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आज हुने पत्रकार सम्मेलनमा माधव नेपाल तर्फबाट पार्टी एकताको प्रयास गर्दै आएका  दोस्रो तहका नेताहरू गोकर्ण विष्ट, भीम रावल, योगेश भट्टराई लगायत पनि उपस्थित हुनेछन् । 

हिजो एमालेको स्थायी कमिटी बैठकले पार्टीका सबै संरचनाहरुलाई  २०७५ जेठ २ अघि फर्काउने घोषणा गरेको थियो । 

माधव नेपालले एमाले फुटाएपछि आफूलाई तेस्रो धारका रुपमा उभ्याएका दोस्रो तहका नेताहरूले पार्टीलाई पुरानै अवस्थामा फर्काइए एमालेमै बस्ने बताएपछि अध्यक्ष ओली पार्टीलाई पुरानै अवस्थामा फर्काउन तयार भएका हुन् । 

तर, नेता माधवकुमार नेपालले एमाले विभाजन गर्दै नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । पार्टी विभाजन गरेर गए पनि अध्यक्ष ओलीले नेपाल पक्षलाई पनि एकतामा सहभागी हुन आह्वान गर्ने बुझिएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु