Information is intelligence
HomeEducationशिक्षक लाइसेन्सको परीक्षा मंसिरमा

शिक्षक लाइसेन्सको परीक्षा मंसिरमा

- Advertisement -spot_img

काठमाडौं– शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा) मंसिरमा खोल्ने भएको छ। आयोगले लाइसेन्स परीक्षाका लागि तयारी गरेको भए पनि वार्षिक कार्यक्रमको कार्यतालिकाअनुसार स्थायी शिक्षकको विज्ञापनपछि मात्र परीक्षा लिन लागेको हो।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले विषयगत र वस्तुगत प्रश्न तयार गर्नुपर्ने भएकाले लाइसेन्स परीक्षाका लागि समय लाग्ने हुँदा मंसिरअघि लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना नरहेको बताए। उनले भने,  ‘अहिले आयोगले कार्यतालिका निर्माण गरिरहेको र तत्काल लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना छैन।’

आयोगको कार्यतालिकाको आधारमा रोकिएका काम अगाडि बढ्ने उनको भनाइ छ। आयोगले शिक्षक बढुवा, खुलातर्फको विज्ञापन गर्न नियमावलीमा संशोधन गरेपछि लाइसेन्स परीक्षा सञ्चालन गर्ने भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु