Information is intelligence
HomeJobsसिभिल लघुवित्तले माग्यो ८५ जना कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

सिभिल लघुवित्तले माग्यो ८५ जना कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

- Advertisement -spot_img

सिभिल लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि ८५ जना कर्मचारी माग गरेको छ जनाएको छ । कम्पनीले कनिष्ठ सहायकदेखि अधिकृत तहसम्मको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले १ जना अधिकृत, ४ जना कनिष्ठ अधिकृत, ५ जना कनिष्ठ सहायक अधिकृत, ३७ जना सहायक तथा बरिष्ठ सहायक र ३८ जना कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो । कनिष्ठ सहायक पद बाहेक सबै पदमा स्थायी नियुक्ति हुने कम्पनीले जनाएको छ ।

विज्ञापनको मितिबाट १५ दिनमा आवेदन दिनु पर्ने सर्त रहेकोमा आज आवेदन दिने अन्तिम दिन रहेको छ। ईच्छुक तथा योग्य उम्मेदवारले इमेल मार्फत आवेदन दिन सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु