Information is intelligence
HomeShare Bazarसेयर बजारको ओरालो यात्रा बीच जीवन विकासको सेयरमा पोजिटिभ सर्किट कायमै, कति...

सेयर बजारको ओरालो यात्रा बीच जीवन विकासको सेयरमा पोजिटिभ सर्किट कायमै, कति पुग्यो आज ?

- Advertisement -spot_img

सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा पुगेको छ । आज नेप्से १.५५ प्रतिशतले घटेको हो । यता, सेन्सेटिभ परिसूचक ९.६७ अंकले घटेर ५६७.९९ विन्दुमा पुगेको छ ।

आज १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ रुपैयाँमा कारोबार भएको छ । यो दिन १९३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २६ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबारको कारोबारमा उपसमूहतर्फ सबैमा गिरावट देखिएको छ भने जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

योसँगै कम्पनीको शेयर मूल्य ४७२६ रुपैयाँ पुगेको छ । आज मात्र प्रति शेयर ४२९ रुयैयाँले बढेर कारोबार भइरहेको छ । 

यो समाचार तयार पार्दा सम्म १ लाख २९ हजार भन्दा धेरै शेयर खदि माग रहेको छ भने ७९० कित्ता मात्र शेयरको खरिद विक्री भएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु