Information is intelligence
HomeNewsसिन्धुपाल्चोकमा बस दुर्घटना

सिन्धुपाल्चोकमा बस दुर्घटना

- Advertisement -spot_img

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा बुधबार यात्रीवाहक बस दुर्घटना भएको छ ।

सुनकोसी गाउँपालिकाको ठोकर्पा भन्ने ठाउँबाट काठमाडौंको लागि छुटेको बा३ख ८०३० नम्बरको बस सुनकोसी–३, थापागाउँ भन्ने स्थानमा बिहान करिब ११ बजेर १० मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षबहादुर बस्नेतले बाह्रखरीलाई जानकारी दिए ।

दुर्घटनामा २४ जना घाइेतको उद्धार गरिएको र दुईजना गाडीले थिचिएको अवस्थामा रहेको उनले बताए । प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।

घाइतेमध्ये नौजनाजनालाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइएको छ । बाँकी १५ जनालाई सिन्धुपाल्चोककै खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा पठाइएको उनले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु