Information is intelligence
HomeShare Bazarचन्द्र ढकालले दिए धितोपत्र बोर्डको सञ्चालकबाट राजीनामा

चन्द्र ढकालले दिए धितोपत्र बोर्डको सञ्चालकबाट राजीनामा

- Advertisement -spot_img

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल महासंघको प्रतिनिधित्व गर्दै नेपाल धितोपत्र बोर्डको सञ्चालक पदमा रहेका चन्द्र प्रसाद ढकालले राजीनामा दिएका छन्।

बुक बिल्डिङ प्रणालीमार्फत शेयर जारी गर्ने तयारीमा रहेको सर्बोत्तम सिमेन्टको शेयर खरिद विवादमा तानिएका ढकालले बजारमा विभिन्न कोणबाट कुराहरू उठिरहेको र आफू पब्लिक कम्पनीमा समेत रहेको कारणले उक्त पदमा बसिरहनु उचित नहुने निष्कर्ष निकाल्दै मंगलबार नै महासंघलाई विषय जानकारी गराएको बताएका छन् । बुधवार भने यस विषयमा महासंघले धितोपत्र बोर्डलाई औपचारिक जानकारी दिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट धितोपत्र बोर्डमा एक जान प्रतिनिधि सञ्चालक हुने व्यवस्था छ। महासंघले नै चुनेर पठाएका प्रतिनिधिलाई बोर्डले सञ्चालकको रुपमा ग्रहण गर्ने गर्छ। महासंघले सञ्चालक चुनेर पठाउने भएकोले पनि उक्त राजीनामा ढकालले महासंघमै दिएका हुन्। त्यसको जानकारी मात्रै महासंघले बोर्डलाई दिएको हो।

ढकालले दिएको राजीनामा स्वीकृत गर्दै महासंघले उपाध्यक्ष अन्जन श्रेष्ठलाइ बाेर्ड सन्चालकमा पठाउने भएकाे छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु