Information is intelligence
HomeNewsआयोगले झलनाथ खनालको सनाखतलाई दियो मान्यता

आयोगले झलनाथ खनालको सनाखतलाई दियो मान्यता

- Advertisement -spot_img

काठमाडौँ : नेकपा एमाले विभाजन गरेर बन्न लागेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को दर्ता प्रक्रियाका लागि बुधबार निर्वाचन आयोगले गरेको सनाखतमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सनाखतलाई मान्यता दिइएको छ ।

उपचारका लागि भारतको दिल्लीमा रहेका खनालले दिल्लीस्थित नेपाली दूतावासमा सनाखत गरेको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले खबरहबलाई बताए । उनले भने, ‘उहाँ (खनाल)ले दिल्लीस्थित दूतावासबाट सनाखत गरेकोलाई यहाँ मान्यता दिइएको छ ।’

नेता खनालको सनाखतलाई मान्यता दिएसँगै प्रस्तावित एकीकृत समाजवादीका लागि सनाखत गर्ने सांसदको संख्या ३० पुगेको छ । यस्तै केन्द्रीय सदस्यको संख्या ५५ पुगेको छ । खनालको सनाखतलाई मान्यता दिए पनि सनाखतका लागि आयोगमा पुगेका ३ जना सांसदहरुले भने सनाखत गर्न पाएनन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु