Information is intelligence
HomeSportsत्रिकोणात्मक सिरिजको खेल तालिका सर्वाजनिक

त्रिकोणात्मक सिरिजको खेल तालिका सर्वाजनिक

- Advertisement -spot_img

आइसिसी विश्वकप लिग-२ अन्तर्गतको  ओमान, नेपाल र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सर्वाजनिक भएको छ । 

आइसिसीले बुधबार निकालेको सेप्टेम्बर १३ देखि २०(भदौ २८ देखि असोज ४) सिरिजको खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले अमेरिकाको सामना गर्नेछ ।

नेपालले दोस्रो खेल सेप्टेम्बर १४ (भदौ २९) मा आयोजक ओमान, तेस्रो खेल सेप्टेम्बर १७ (असोज) १ र चौथो तथा अन्तिम खेल सेप्टेम्बर १९ (असोज ३) मा  ओमानसँग खेल्नेछ ।

लिग अन्तर्गत नेपालको यो दोस्रो त्रिकोणात्मक सिरिज हो । उसले गत वर्ष घरेलु मैदानमा ओमान र अमेरिकासँगै पहिलो सिरिज खेलेको थियो ।

जसमा नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गर्दा ओमान विरुद्धको दुई खेल गुमाएको थियो ।

लिगमा ओमान १० खेलबाट १६ अंकका साथ शीर्ष स्थानमा रहँदा अमेरिका १२ खेलबाट १२ अंक जोड्दै दोस्रो स्थानमा छ । ४ खेलबाट ४ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ ।

त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनिसँग २ खेलको एक दिवसीय सिरिज खेल्ने छ ।

सिरिजका खेल सेप्टेम्बर ५ र ८ (भदौ २० र २३) मा हुने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु