Information is intelligence
HomeShare Bazarसनराइज बैंकको ५० हजार कित्ता संस्थापक शेयरको मुल्य परिवर्तन

सनराइज बैंकको ५० हजार कित्ता संस्थापक शेयरको मुल्य परिवर्तन

- Advertisement -spot_img

सनराइज बैंकले गत साउन २२ गतेदेखि विक्री खुला गरेको ५० हजार कित्ता संस्थापक शेयरको मुल्य परिवर्तन गरेको छ । बैंकले संस्थापक शेयरधनी ज्योतिकुमार बेगानीको नाममा रहेको शेयर प्रतिकित्ता १६५ रुपैयाँबाट बढाएर १८५ रुपैयाँ पुर्याएको हो ।

बैंकको अनुसार शेयरधनी बेगानीले शेयरको मुल्य संशोधन गरी प्रतिकित्ता १८५ रुपैयाँ गर्न लिखित निवेदन दिएसँगै बैंकले साउन २२ गतेको ३५ दिने सुचना रद्द गरी भदौ १० गते पुनः ३५ दिने सुचना जारी गरेको हो ।

बैंकले परिवर्तित मूल्यमा आगामी ३५ दिनभित्र संस्थापक शेयरधनीहरुले बैंकको प्रधान कार्यालयको रजिष्ट्री विभागमा शिलबन्दी पेश गर्न समेत आग्रह गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु