Information is intelligence
HomeSportsनेपालले यू१९ विश्वकप खेल्न नपाउने

नेपालले यू१९ विश्वकप खेल्न नपाउने

- Advertisement -spot_img

काठमाडौं । आईसीसी यु-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै हुने भएको छ ।

आईसीसीले बुधबार अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट कोभिड-१९ का कारण रद्द भएको जनाएको छ ।

छनोट रद्द भएपछि अमेरिका क्षेत्रबाट क्यानडा, एसियाबाट युएई र इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यु गिनी सिधै यु-१९ विश्वकपकमा छनोट भएका छन् ।

आईसीसी डेभलपमेन्ट कमिटी र आईसीसी बोर्डले स्वीकृत गरेको गाईडलाइन्स अनुसार यी तीन छनोट आयोजना गर्न नसकिने आईसीसीले विज्ञप्तीमार्फत जनाएको छ ।

त्यसैले पछिल्लो ५ यु-१९ छनावट प्रतियोगितामा प्राप्त जितका आधारमा आईसीसीले तीन टपमलाई सोझै छनोट गरेको हो ।

यु-१९ विश्वकप अर्को वर्ष वेष्ट इन्डिजमा हुनेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु