Information is intelligence
HomeEntertainment & Artsनवलको ‘काँडेतार’ मा गाैरवकाे अभिनय

नवलको ‘काँडेतार’ मा गाैरवकाे अभिनय

- Advertisement -spot_img

निर्माता तथा कलाकार नवल नेपालले ‘काँडेतार’ नामक चलचित्र बनाउने भनेको लामै समय भैसकेको छ । उनले, नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने माग लामो समयदेखि उठाउँदै पनि आएका छन् । तर, नवलको यो माग सामाजिक संजालमा मात्र सिमित देखिएको छ । अब भने नवलले यही कथामा चलचित्र बनाउने तयारी थालेका छन् ।

यो चलचित्रका लागि नायक गौरव पहारीलाई अनुवन्धित गरिएको छ । गौरव चलचित्रमा सिमानामा बस्ने एक विद्रोही यूवाको भूमिकामा देखिनेछन् ।

गौरवले राष्ट्रियताको बिषयमा निर्माण हुन लागेको चलचित्रमा अनुवन्धित हुन पाउँदा खुशी लागेको बताए । यो चलचित्रले नेपाल–भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने बिषयलाई उठान गर्ने नवलले बताएका छन् । यो चलचित्रलाई नवल नेपाल र शंकर कार्कीले निर्देशन गर्दैछन् ।

नवलले चलचित्रले असल छिमेकीसँगको सद्भावलाई पनि कायम राख्ने बताएका छन् । यो चलचित्रको छायांकन तिहारपछि सुरु गरिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु