Information is intelligence
HomePoliticsबैठकमा जान्नँ, राजीनामा पठाइदिन्छु : वामदेव गौतम

बैठकमा जान्नँ, राजीनामा पठाइदिन्छु : वामदेव गौतम

- Advertisement -spot_img

 नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु’, नेता गौतमले भने, ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एकदुई दिनभित्रै हुन्छ ।’

गौतम आज बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु