Information is intelligence
HomePoliticsसरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश बाध्यात्मक परिस्थितिमा ल्याएको : कानुनमन्त्री कार्की

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश बाध्यात्मक परिस्थितिमा ल्याएको : कानुनमन्त्री कार्की

- Advertisement -spot_img

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश बाध्यात्मक परिस्थितिमा ल्याएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षड्यन्त्र भएको भन्दै पार्टीभित्रै चर्को आलोचना भइरहँदा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले दल विभाजनसम्बन्धी अध्यादेश संसदको स्थिरताका लागि ल्याइएको बताएका हुन् ।

सुनसरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकार स्वार्थ केन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेको तर्क गर्दै जारी अध्यादेश मुलुकको निकाश र समृद्धिका लागि ल्याइएको बताए । मन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार केही दिनभित्रैमा हुने बताए ।

उनले गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने भन्ने विषयमा छलफल जारी रहेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु