Information is intelligence
HomeShare Bazarतेह्रथुम पावर कम्पनीको आइपीओ: कति पर्यो आवेदन ? म्याद कहिलेसम्म ?

तेह्रथुम पावर कम्पनीको आइपीओ: कति पर्यो आवेदन ? म्याद कहिलेसम्म ?

- Advertisement -spot_img

तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा बिहीबार साँझसम्ममा १३ लाख बढी आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार साँझ पाँच बजेसम्ममा १३ लाख ८ हजार ५४४ जना आवेदकले १ करोड ७५ लाख ३ हजार ९५० कित्ता शेयर गरिदका लागि आवेदन दिएका हुन्।

कम्पनीको उक्त आईपिओमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ तर छिटो अवधिमै माग भन्दा बढि आवेदन पर्ने भने प्रमय निश्चित छ। 

यो कम्पनीले ७.५ मेगावाटको माथिल्लो खोरुंगा साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु