Information is intelligence
HomeNewsनारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

- Advertisement -spot_img

पहिराेका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएकाे छ । अविरलको वर्षाका कारण भरतपुर– २९ को सेतिदोभान भन्ने स्थानमा ठूलो पहिरो गई दुईतर्फि बाटो बन्द भएको ट्राफिक कार्यालय चितवनले जनाएको छ । 

बिहीबार राति यस सडकखण्डमा ठूलो पहिरो खसेको थियो । डिभिजन सडक कार्यालयका सूचना अधिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ । उनले भने, ‘थप पहिरो नखसे  १० बजेसम्म पहिरो पन्छाएर सकिन्छ ।’ सडक अवरुद्ध भएसँगै यहाँ यातायातका साधनकाे लामाे लाइन लागेकाे छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु