Information is intelligence
HomeNewsपूर्व-पश्चिम राजमार्गअन्तर्गत घोडाहा खोलाको पक्की पुल भासिदा गाडी आवतजावत ठप्प

पूर्व-पश्चिम राजमार्गअन्तर्गत घोडाहा खोलाको पक्की पुल भासिदा गाडी आवतजावत ठप्प

- Advertisement -spot_img

पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा रहेको घोडाहा खोलाको पक्की पुल भासिएको छ । लगातारको वर्षा पछि आएको बाढीका कारण देवदह–७ शीतलनगरमा रहेको घोडाहा खोलाको पक्की पुल भासिएको प्रहरीले जनाएको छ ।

पुल भासिएपछि राजमार्गमा गाडी चलेका छैनन् । वैकल्पिक व्यवस्था नभएसम्म गाडी चलाउन नसकिने प्रहरीले जनाएको छ । यस्तै, लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए। यस्तै, अविरल वर्षापछि आएको बाढीले पूर्व पश्चिम राजमार्ग अन्तरगत  नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा डाइभर्सन बगाउँदा त्यहाँ पनि गाडीको आवतजावत रोकिएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएको हो । बगाएपछि राजमार्ग पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिए । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु