Information is intelligence
HomeNewsसवारी लाइसेन्सको ट्रायल १८ गतेबाट हुने, यस्तो छ परीक्षार्थीले पालन गनुपर्ने नियमहरु...

सवारी लाइसेन्सको ट्रायल १८ गतेबाट हुने, यस्तो छ परीक्षार्थीले पालन गनुपर्ने नियमहरु र अहिले सम्मको सम्पूर्ण अपडेट

- Advertisement -spot_img

कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्ने तयारी यातायात व्यवस्था विभागले अघि बढाएको छ।

विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छ।

काठमाडौँ उपत्यकामा यही भदौ १८ गते चालक अनुमतिका लागि ट्रायल शुरु हुने र उपत्यका बाहिर १५ दिनपछि हुने विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए ।

काठमाडौँमा रहेको यातायात कार्यालयले १८ गतेबाट लाइसेन्सको लागि (ट्रायल) परीक्षा सञ्चालन गर्ने र बाहिरका कार्यालयले दुईसाताभित्र सञ्चालन गर्ने जानकारी दिएका छन्।

“पछिल्लो परिस्थिति हेर्दा हामी ‘न्यू नर्मल’मा बाँच्नुपर्ने स्थिति आयो। त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड स्वीकृत गरेर सबै यातायात कार्यालयहरूलाई यथाशीघ्र परीक्षा सुरु गर्न र त्यसको सात दिनअघि नै सूचना जारी गर्न बिहूवार पत्राचार गरेका छौँ,” उनले भने।

झन्डै छ लाखको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्थामा विभागले नयाँ आवेदन भने तत्काल लिने सम्भावना कम रहेको अधिकारीहरू बताउँछन्।

उक्त सङ्ख्याको आधाजसोले परीक्षा दिइसकेपछि नयाँ आवेदन खुलाउन सकिने छ उनले बताए।

परीक्षार्थीहरुले पालन गनुपर्ने नियम :

  • परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि परीक्षार्थी स्वयमले अनिवार्य रुपमा रुपमा मास्क, स्यानिटाइजर र आफ्नो पीउने पानीको व्यावस्था गर्नुपर्ने
  • परीक्षा सुरु हुनु १५ मिनेट अगाडि मात्र परीक्षा केन्द्रमा उपस्थित हुनुुपर्ने
  • परीक्षार्थीहरुले परीक्षा केन्द्रमा प्रवेश गर्दा, निस्कँदा शौचालय प्रयोग गर्दा भिडभाड नगरी भौतिक (सामाजिक) दूरी कायम गर्नुपर्ने
  • परीक्षामा खटिएका कर्मचाारीले दिएको निर्देशनको पूर्णरुपमा पालना गर्नुपर्ने
  • परीक्षार्थीहरु परीक्षा केन्द्रमा समूह बनाई भेला नहुने
  • परीक्षा केन्द्र प्रवेश गर्नु अगाडि परीक्षार्थीहरूको तापक्रम मापन गरिने छ ।

परीक्षामा खटिने कर्मचारीले पालन गनुपर्ने नियम :

  • परीक्षामा खटिने कर्मचारीले परीक्षा केन्द्रमा मास्क, पञ्जा र स्यानिटाइजरको अनिवार्य रुपमा प्रयोग गर्ने
  • परीक्षार्थीहरुलाई एक आपसमा भौतिक (सामाजिक) दूरी कायम हुने गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई परीक्षा हलमा प्रपेश गराउने
  • प्रश्न पत्र वितरण र हाजिरी गराउँदा उच्च सर्तकता अपनाउने,
  • परीक्षार्थीहरुसँगको भौतिक दूरी कायम हुने गरी परीक्षार्थीको पहिचान गरी उत्तर पुस्तिकामा हस्तक्षर गर्ने
  • कागजतहरु छोए पश्चात प्रत्येक पटक हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने
  • परीक्षामा खटिने कर्मचाारीहरु कम्तीमा १ घण्टा अगावै परीक्षा केन्द्र्रमा उपस्थित भइसक्नुपर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु