Information is intelligence
HomeSportsरोनाल्डोले युभेन्टस छाड्ने निश्चित

रोनाल्डोले युभेन्टस छाड्ने निश्चित

- Advertisement -spot_img

काठमाडौं । पोर्चुगिज कप्तान तथा युभेन्टसका सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाड्ने निश्चित भएको छ । युभेन्टसका ३६ वर्षीय फरवार्ड रोनाल्डो शुक्रबार भएको युभेन्टसको ट्रेनिङमा ४० मिनेटमात्रै सहभागी भएर निस्किएका छन् ।

उनी आफ्ना टिममेटहरूसँग बिदा हुन मात्रै त्यहाँ पुगेको र केही घण्टामै क्बल छाड्न चाहिरहेका छन् । रोनाल्डो आज ट्रेनिङ नगर्ने र एजेन्ट जर्ज मेन्डीले म्यानचेस्टर सिटीसँग आधिकारिक सम्झौता गर्ने पर्खिरहेको बताएका छन् ।

इङ्लिस च्याम्पियन म्यानचेस्टर सिटीले मात्रै रोनाल्डोलाई भित्र्याउने इच्छा देखाइरहेको छ । करिब-करिब रोनाल्डो २००९ पछि पुन: इङ्लिस फुटबलमा फर्किनसक्ने छन्। सन् २००३ देखि युनाइटेडमा खेलेका रोनाल्डोलाई तत्कालीन समयको कीर्तिमानी ८० मिलियन पाउन्डमा रियल मड्रिडले किनेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु