Information is intelligence
HomeHealth"म्याद सकिएको खोप लगाएको" हल्ला बारे स्वास्थ्य मन्त्रालयले जारी गर्यो स्पष्टोक्ति

“म्याद सकिएको खोप लगाएको” हल्ला बारे स्वास्थ्य मन्त्रालयले जारी गर्यो स्पष्टोक्ति

- Advertisement -spot_img

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ । 

मन्त्रालयले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएका प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै म्याद सकिएको खोपको प्रयोग नगरिएको स्पष्ट पारेको हो । मन्त्रालयले खोपको म्यादबारेको अफवाहको पछि नलागी ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोधसमेत गरेको छ ।

नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ । “कोरोना भाइरसविरुद्धको खोपको म्यादका सम्बन्धमा मन्त्रालय सचेत रहेको र म्याद सकिनुअघि नै सबै खोप प्रयोगमा ल्याइसक्ने कुराको प्रत्याभूत गराउन चाहन्छौ,” सूचनामा भनिएको छ । अहिलेसम्म ५० लाख ६३ हजार ५२२ जनाले पहिलो मात्राको खोप र ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु