Information is intelligence
HomeSportsरोनाल्डो पुनः म्यानचेस्टर युनाईटेडमा अनुबन्धित

रोनाल्डो पुनः म्यानचेस्टर युनाईटेडमा अनुबन्धित

- Advertisement -spot_img

पोर्चुगलका सुपर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पुनः म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका छन् ।  इटाली क्लब युभेन्टस छाडेसँगै उनलाई अनुबन्ध गर्न विभिन्न क्लबले प्रस्ताव गरे पनि अन्तत: उनि इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका हुन्। 

सन् २००३ मा पोर्चुगल क्लब स्पोर्टिङ लिस्बोनबाट युनाईटेडमा आएका रोनाल्डोले छ वर्ष खेले पछि २००९मा रियल म्याड्रिड संग अनुबन्धित भएका थिए भने २०१९मा इटालियन क्लब युभेन्ट्सबाट खेलेका रोनाल्डोले तिन वर्ष युभेन्ट्सबाट खेलका थिए ।  स्पेनिस क्लब र इटालियन क्लबमा बाह्र वर्ष बिताएका रोनाल्डो पुनः बाह्र वर्ष पछि युनाईटेडमा अनुबन्धित भएका छन् ।

म्यानचेस्टर युनाईटेडले रोनाल्डोलाई २ वर्षको लागी अनुबन्धित गरेको हो । २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाईटेडबाट खेलेका रोनाल्डो ले दुई सय ९२ खेलमा एक सय १८ गोल गरेका छन् ।  उनले युनाईटेडबाट खेल्दा एउटा च्याम्पियन्स लिग, तिन ओटा प्रिमियर लिग, एउटा एफए कप, दुईवटा इफल कप, एउटा क्लब वोर्ल्ड कप र तिनओटा कम्युनिटी शिल्ड जिती सकेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु