Information is intelligence
HomeEconomyसाउनमा १ खर्ब ७१ अर्बको वैदेशिक व्यापार, घाटा ७०.५९ प्रतिशतले बढ्यो

साउनमा १ खर्ब ७१ अर्बको वैदेशिक व्यापार, घाटा ७०.५९ प्रतिशतले बढ्यो

- Advertisement -spot_img

चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको वैदेशिक व्यापार १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँ बराबरको भएको छ ।

भन्सार विभागले बिहीवार सार्वजनिक गरेको गत साउन महिनाको विवरण अनुसार सो अवधिमा २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको माल वस्तु निर्यात भएको छ भने १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

आव २०७७/७८ को सोही अवधिमा ९ अर्ब ६२ करोड बराबरको माल वस्तु निर्यात भएको थियो । यस्तै ८५ अर्ब ८० करोड बराबरको आयात भएको थियो ।

आव २०७७/७८ मा कूल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड पुगेको थियो । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो । आव २०७७/७८ मा १५ खर्ब ३९ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको थियो ।

चालू आवको पहिलो महिनामा व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड बराबर पुगेको छ । गतवर्षको साउनको तुलनामा २०७८ साउनमा व्यापार घाटा ७०.५९ प्रतिशतले बढेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु