Information is intelligence
HomeEconomyसाउनमा मात्रै साढे २४ करोड बढीको लसुन, प्याज आयात: कुन देशबाट कति...

साउनमा मात्रै साढे २४ करोड बढीको लसुन, प्याज आयात: कुन देशबाट कति आयो ?

- Advertisement -spot_img

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनमा साढे २४ करोड बढीको लसुन, प्याज आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको साउन महिनमा ५ करोड ९१ लाख १९ हजार रुपैयाँको लसुन र १८ करोड ६० लाख ६६ हजार रुपैयाँ बराबरको प्याज नेपाल भित्रिएको छ ।

नेपालमा छिमेकी दुई मुलुक चीन र भारत लगायतका देशबाट लसुन, प्याज आयात हुने गरेको छ । नेपाली बजारमा चिनियाँ लसुनको बर्चस्व देखिएको छ ।

चालु आवको पहिलो महिनामा चीनबाट ५ करोड ९१ लाख ९ हजार रुपैयाँ बराबरको लसुन नेपाल आएको छ । उक्त अवधिमा चीनबाट ५९ हजार १०९ केजी लसुन आयात भएको विभागले जनाएको छ ।

साउन महिनामा भारतबाट १० हजार रुपैयाँ बराबरको ११० केजी लसुन आयात भएको हो । दुई मुलुकबाट भएको लसुन आयातबाट सरकारले १ करोड ४४ लाख १० हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

यस्तै, चालु आवको पहिलो महिनामा १८ करोड ६० लाख ६६ हजार रुपैयाँ बराबरको प्याज आयात भएको छ । उक्त अवधिमा भारतबाट मात्रै ४ हजार ९०५ टन बढी प्याज आयात भएको छ ।

विभागका अनुसार भारतबाट १८ करोड २० लाख ४२ हजार रुपैयाँ बराबरको प्याज नेपाल भित्रएको हो । चीनबाट भने ४० लाख २३ हजार रुपैयाँ बराबरको प्याज आयात भएइको विभागले जनाएको छ ।

प्याज आयातबाट नेपाल सरकारले १ करोड ६७ लाख ९० हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु