Information is intelligence
HomeBankसानिमा बैंकद्वारा कक्षा ११ र १२ का लागि शैक्षिक छात्रवृत्ति आवेदन खुला,...

सानिमा बैंकद्वारा कक्षा ११ र १२ का लागि शैक्षिक छात्रवृत्ति आवेदन खुला, कहिलेसम्म छ म्याद ?

- Advertisement -spot_img

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिका लागि आवेदन खुला भएको छ । छात्रवृत्तिका लागि भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले सन् २०१२ देखि काडमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११/१२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

विद्यार्र्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका साथै अतिरिक्त मासिक २ हजार नगदवृत्ति सहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

छात्रवृत्ति सम्बन्धि विस्तृत जानकारी बैंकको वेबसाइट https://www.sanimabank.com/ मा हेर्न सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु