Information is intelligence
HomeBankसेयर धितो कर्जामा रिसाइकल जस्ता कमी हटाउन सिमा लगाउनु पर्यो : गभर्नर

सेयर धितो कर्जामा रिसाइकल जस्ता कमी हटाउन सिमा लगाउनु पर्यो : गभर्नर

- Advertisement -spot_img

नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोको रिसाइकल गरेर सीमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न सेयर धितोकर्जामा सीमा तोकिएको दाबी गरेका छन् । 

गभर्नर महाप्रसाद अधिकारीले नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताएका हुन।

कुनै कम्पनीको शेयर धितो राखेर ४ करोड कर्जा लिने। पुनः त्यसको शेयर किन्ने र धितोमा राखेर ७० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँ कर्जा लिने। पुनः त्यो शेयरमै लगाउने र ७० प्रतिशत कर्जा लिने। यस्तै प्रबृत्ति देखिएकाे उनले बताए। “यो प्रबृत्ति ठिक छैन भनेर सिमा राखेका हौ। सिमा पनि धेरै नै राखेका छौ।” उनले भने।

कार्यक्रममा उनले प्रश्नसमेत गरे “तपाईहरु कसैले लिनुभएको छ ४ करोड कर्जा? कसरी सानो भयाे? कसलाई सानो लाग्यो? करोड भनेको सानो हो?”

याे प्रबृत्तिले गर्दा बैंकहरुलाइ समेत अफ्टेरो परिसकेको अवस्था रहेको उनले बताए।

कुनै पनि कम्पनीको शेयर धितोको रुपमा राखेर व्यवसाय गर्नकाे लागि कर्जा लिन भने यो व्यवस्थाले कुनै फरक नपार्ने उनले प्रस्ट पारे।

यसैगरी उनले बजारमा अहिले चाहिनेभन्दा ३३ अर्ब बढी तरलता रहँदा समेत तरलता अभाव भयो भन्न नहुने बताए। अहिले तरलता पर्याप्त रहेको उनको भनाई छ।

अहिले सिस्टम आँफैमा ब्याजदर घटेर १० प्रतिशतभन्दा कममा पाइराखेको छ भने त्यही नै ठुलो कुरा रहेको उनले बताए। ब्याजदर तलमाथि भइरहने हुँदा समग्र अवस्था कता जाँदै छ भनेर हेर्नुपर्ने उनले बताए। ऋणकाे व्याजदर एकल विन्दुमा र वचतकाे व्याजदर मुद्रास्फितिभन्दा माथि रहनु स्वस्थकर हुने समेत उनले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु