Information is intelligence
HomeShare Bazarयो साता नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत, कुन कुन ?

यो साता नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत, कुन कुन ?

- Advertisement -spot_img

नेप्सेमा यो साता भिभिन्न तीन कम्पनीको सेयर सूचिकृत भएको छ । 

नेप्सेका अनुसार यस साता आरविवि म्युचुअल फण्ड-१ सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र अपि पावर कम्पनीको सेयर सूचिकृत भएको हो । 

रविवि म्युचुअल फण्ड-को रु. १० का दरले १२ करोड ५० लाखइकाई अर्थात रुएक अर्ब पच्चिस करोड रुपैँया नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचिकृत भएको छ । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको नेप्सेमा सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको १५.३५ प्रतिशत बोनस बापतको ३ लाख ३० हजार कित्ता सेयर सूचिकृत भएको छ । 

सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८० प्रतिशत नगद गरि कुल १६.१५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको थियो ।

र अर्को अपि पावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो शेयर आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले जेठ २० गतेदेखि असार ९ गतेसम्म निष्कासन गरेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । 
 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु