Information is intelligence
HomeShare Bazarधितोपत्र बोर्डको नयाँ नियमले यसरी बढ्छ आईपीओ पर्ने सम्भावना

धितोपत्र बोर्डको नयाँ नियमले यसरी बढ्छ आईपीओ पर्ने सम्भावना

- Advertisement -spot_img

धितोपत्र बोर्डले अरूको नामबाट आईपीओ भर्ने कार्य बन्द गर्न, अरुको नामबाट आइपिओ भरेको थाहा पाइने प्रणालीको काम अगाडि बढाएको छ । जसले गर्दा आइपिओ पर्ने सम्भावना बढ्नेछ । एकै व्यक्तिले अरुको डि-म्याट खाता खोल्न मिल्ने, भिन्न भिन्न बैंकबाट खाताहरु खोल्न मिल्ने थियो जसले गर्दा एकै व्यक्तिमा आइपिओ पर्ने प्रचुर सम्भावना रहने जसको कारण अन्यमा आइपिओ पर्ने सम्भावना स्वत फरक पर्न जान्छ। तर उक्त नयाँ नियम कार्यान्वयन सँगै यो समस्या समाधान हुने देखिन्छ।

शेयर लगानीकर्ताहरूको सहजताका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन माध्यमबाट केवाईसी अर्थात आफ्नो व्यक्तिगत विवरण दर्ता गराउने प्रणाली सुरु गर्ने भएको छ । शेयर लगानीकर्ताहरूले केवाईसी दर्ता गर्न विभिन्न बैंक तथा संस्थासम्म धाउनु नपर्ने गरी सीडीएससीले यस्तो सिस्टम विकास गर्न थालेको हो । त्यसो त नेपाल धितोपत्र बोर्डले गत मंसिरमा दिएको स्वीकृति पश्चात सीडीएससीले यसको तयारी थालेको थियो ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने सेन्ट्रलाइज्ड अथवा ई – केवाईसीको कार्यन्वयनले सेवाग्राहीलाई सहजता दिनुका साथै शेयर बजारमा गैरकानुनी रुपमा एक जनाले धेरैको नाममा साधारण शेयर ( आईपीओ ) को आवेदन दिने प्रवृत्तिमा रोक लगाउन सकिने बताए ।

यो प्रणाली कार्यान्वयनमा आएपश्चात लगानीकर्तालाई केवाईसी भर्न कै लागि बैंकहरूमा धाउनु पर्ने छैन ।साथै यसले लगानीकर्ताको विवरण केन्द्रीकरण गर्न पनि सहयोग गर्छ , ‘ उनले भने , लगानीकर्ताको विवरण सहजै संकलन गर्न हामीलई पनि सहज हुन्छ ।

उनका अनुसार केवाईसीबाट लगानीकर्ताको विवरण संकलन गर्दा शेयर कसले भरेको हो र कहाँबाट भरेको हो भन्ने जानकारी प्राप्त हुने भएकाले एकै जनाले धेरै जनाको नाममा आईपीओ भर्ने प्रवृत्ति नियन्त्रण हुनेछ ।

त्यस्तै केवाईसीको आधारमा लगानीकर्ताको आम्दानीको स्रोत पनि पत्ता लाग्ने हुदाँ गैरकानूनी रुपमा कमाएको पैसा शेयर बजारमा लगानी हुनबाट पनि रोक लाग्ने सीडीएससीको विश्वास रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु