Information is intelligence
HomeSportsयुभेन्टस नयाँ क्लब इम्पोलीसँग स्तव्ध

युभेन्टस नयाँ क्लब इम्पोलीसँग स्तव्ध

- Advertisement -spot_img

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस पराजित भएको छ । गएराति सम्पन्न खेलमा युभेन्टस एम्पोलीसँग १-० गोल अन्तरले पराजित भएको हो । 

एम्पोलीको जितमा खेलको २१औं मिनेटमा लिओनार्दो मानकुसोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यसअघि यस सिजनको पहिलो खेलमा युभेन्ट्स उडिनेससँग २-२ गोलको बराबरी खेलेको थियो ।  यो हारपछि युभेन्टसको २ खेलमा एक हार र एक बराबरीसहित एक अंक रहेको छ ।

क्रिस्टियानो रोनाल्डोले छोडेपछि युभेन्टस खेलेको पहिलो खेलमा हार बेहोरेको छ ।  त्यति एम्पोलीको २ खेलमा एक बराबरी र एक हारसहित १ अंक रहेको छ ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु