Information is intelligence
HomeSportsआर्सनलमाथि म्यानचेस्टर सिटीको शानदार जित

आर्सनलमाथि म्यानचेस्टर सिटीको शानदार जित

- Advertisement -spot_img

१० खेलाडीमा सीमित भएको आर्सनलमाथि म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ५–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि सातौँ मिनेटमा इल्काई गुण्डोगान तथा १२ औँ मिनेटमा फेरान टोरेजले गोल गरेका हुन् । ३५ औँ मिनेटमा ग्रानिट जाका सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो ।

त्यसपछि उसले थप तीन गोल खायो । सिटीका लागि ४३ औँ मिनेटमा गाब्रिएल जिसस तथा ५३ औँ मिनेटमा रोड्रीले गोल गरे । ८४ औँ मिनेटमा टोरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीको ५–० को जित निश्चित भएको हो ।

आर्सनल यो सिजनमा अहिलेसम्म भएका तीनै खेलमा पराजित भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु