Information is intelligence
HomeInternationalयूएईले आउँदो अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने

यूएईले आउँदो अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने

- Advertisement -spot_img

काठमाण्डौ – यूएईले आउँदो अगष्ट ३० देखि टुरिस्ट भिसा पनि जारी गर्ने भएको छ ।

कोरोना विरुद्धको पुरा खोप(दुवै डोज) लगाएका सबै देशका नागरिकलाई यही अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने यूएईको आधिकारिक निकायलाई उद्धृत गदै स्थानीय सञ्चार माध्यम गल्फ न्युजले खबर लेखेको छ ।  

टुरिस्ट भिसाको लागि आवेदन दिनेहरूले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको मध्ये कुनै एक खोप पूर्ण रूपमा लगाएको हुनु पर्नेछ । 

यूएई सरकारको यो निर्णयले यसअघि कोरोनाको कारण यात्रामा प्रतिबन्ध लगाएको देशलाई पनि खुला गरेको छ । 

टुरिस्ट भिसामा यूएई जानेले पनि ¥यापिड पीसीआर परीक्षण गरेको हुनुपर्नेछ । 

टुरिस्ट भिसा ३० दिन या ९० दिनको हुनेछ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु