Information is intelligence
HomeNewsबागमती प्र. यातायात कार्यालयको सूचना, परीक्षा भदौ २० गतेदेखि खुल्ने (सूचना सहित)

बागमती प्र. यातायात कार्यालयको सूचना, परीक्षा भदौ २० गतेदेखि खुल्ने (सूचना सहित)

- Advertisement -spot_img

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा बागमती प्रदेश यातायात कार्यालय ठुलो भर्याङ्गले भदौं २० गतेदेखि सञ्चालन गर्ने भएको छ । यातायात व्यवस्था विभागले ड्राइभिङ लाइसेन्स परीक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेसँगै यातायात लाइसेन्स कार्यालयहरुले भदौं २० गतेदेखि परीक्षा सञ्चालन गर्ने भएका हुन् ।

कोभिड–१९ भाइरसको दोस्रो लहरका कारण बैंशाख १५ गतेदेखि ड्राइभिङ लाइसेन्सको आवेदन र परीक्षा दुवै स्थगित भएको थियो । सरकारले हाल निषेधाज्ञा खुकुलो गरेसँगै काठमाडौं उपत्यका ४ यातायात लाइसेन्स कार्यालयहरु (यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना-यातायात व्यवस्था कार्यालय जगाती-यातायात व्यवस्था कार्यालय चाबहिल-यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ)का प्रमुखहरुको भदौ ४ गते बसेको बैठकले लाइसेन्स परीक्षा खुलाउने निर्णय गरेको थिए । उनीहरुले अनुमतिका लागि ४ गते नै विभागलाई पत्राचार गरेका थिए ।

विभागले भदौ १० गते कार्यालयहरुको प्रस्ताव स्वीकृत गरेर स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गर्दै लिखिन तथा प्रयोगात्मक परीक्षा (रिट्रायल) भदौ २० गतेदेखि सञ्चालन गर्न अनुमति प्रदान गरेको हो ।

भदौ २० गतेदेखि ड्राइभिङ लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई वायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थी, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरु र कार्यालयमा उपस्थिति भई वर्ग थपको (एड क्याटेगोरी) लागि दर्ता गरी सकेका ड्राइभिङ लाइसेन्सको परीक्षामा सहभागी हुन पाउने सूचनामा उल्लेख छ ।

ड्राइभिङ लाइसेन्सका लागि अनलाइन फारम बुझाएका र अनलाइन फारम खुलाउने विषयमा अर्को सूचना जारि गरेर जानकारी दिने यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र ठुलोभर्याङका सूचना अधिकारी उपेन्द्र साहले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु