Information is intelligence
HomeSportsबार्सिलोनाको कठिन जित

बार्सिलोनाको कठिन जित

- Advertisement -spot_img

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले घरेलु मैदान क्याप नोउमा गेटाफेमाथि २-१ को कठिन जित हात पारेको हो।

बार्सिलोनाको जितमा सर्जी रोबर्टो र मेम्फिस डिपाएले १-१ गोल गर्दा गेटाफेका सान्ड्रो रामिरेजले एक गोल फर्काए । खेलको दोेस्रो मिनेटमै जोर्डी अल्बाको पासलाई सदुपयोग गर्दै रोबर्टोले घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाए । 

१९ औँ मिनेटमा कार्लोस अलेनाको पासमा रामिरेजले पाहुना टोली गेटाफेका लागि लाई बराबरी गोल फर्काए । ३० औँ मिनेटमा फ्रेन्क डि जोङको पासलाई नियन्त्रणमा लिँदै डिपाएले उत्कृष्ट गोल गरेपछि बार्सिलोनाले २-१ को अग्रता लियो ।

३ खेलबाट ७ अंक जोडेको बार्सिलोना चाथौँ स्थानमा छ । शीर्ष ३ टोलीसँग समान अंक भए पनि बार्सिलोना गोल अन्तरमा पछाडि रहेको हो ।

शीर्ष तीन टोलीको गोल अन्तर ४ हुँदा बार्सिलोनाको ३ छ । पाँचौ स्थानमा रहेको एथ्लेटिको मड्रिड र छैटौँ स्थानको मार्लोकाले पनि समान ७ अंक जोडेका छन् ।

लिग अन्तर्गत आइतबार नै भएका अन्य खेलमा ओसासुनाले कार्डिजमाथि ३-२ तथा भाल्कानोले ग्रानाडामाथि ४-० को जित हात पार्दा साविक विजेता एट्लेटिको मड्रिड भिल्लारियलसँग २-२ को बराबरीमा रोकियो । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु