Information is intelligence
HomeShare Bazarमञ्जुश्री फाइनान्सको ९ हजार बढि कित्ता सेयर भोलीबाट बिक्रीमा आउदै

मञ्जुश्री फाइनान्सको ९ हजार बढि कित्ता सेयर भोलीबाट बिक्रीमा आउदै

- Advertisement -spot_img

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले भोलिदेखि संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ९ हजार एक सय ८७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । 

लगानीकर्ताले भोलीबाट भदौ २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु