Information is intelligence
HomePoliticsअष्टलक्ष्मीलाई मुख्यमन्त्रीबाट हटाउँछु भन्नु माधव नेपालको बेइमानीः तामाङ

अष्टलक्ष्मीलाई मुख्यमन्त्रीबाट हटाउँछु भन्नु माधव नेपालको बेइमानीः तामाङ

- Advertisement -spot_img

नेकपा एमालेका नेता शेरबहादुर तामाङले महिलालाई मुख्यमन्त्री नबनाएर अपराध गरेको दोषारोपण गर्ने माधव नेपालले नै आज किन हटाउँछौं भन्नु राजनीतिक बेइमानी हुने बताएका छन् । अष्टलक्ष्मी शाक्य केही फरक स्थितिमा बाग्मती प्रदेशकी मुख्यमन्त्री भए पनि उनलाई विश्वासको मत दिनु माधव नेपालको कर्तव्य हुने उनले दाबी गरे ।


आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “एउटी महिलालाई मुख्यमन्त्री नबनाएर अपराध गरेको भनी केपी ओलीको आलोचना गर्ने माधव नेपालले आज किन हटाउँछौं भनिरहनुभएको छ ? माधव नेपालको पछि लागे मात्र अष्टलक्ष्मीको पद जोगिने भन्नु बेइमानी होइन ? सकेसम्म आफ्नै बहुमतले बाग्मती र प्रदेश १ सरकारलाई बचाउँछौं । नसकेको खण्डमा भोलि जनताले बहुमतसहित मुख्यमन्त्रीलाई फर्काउने छन् ।”


राजनीतिक नैतिकता देखाउने हो भने एमालेकै निर्वाचन चिह्न र घोषणापत्र लिएर जितेका सांसदले अर्को पार्टी रोज्न नसक्ने पनि उनले बताए । उनले भने, “सरकार नै नेकपा एमालेलाई नफुटाई नहुने हिसाबमा लागेर दल विभाजन अध्यादेश ल्यायो । कारबाही गरिसकेका मानिसलाई निर्वाचन आयोगले सनाखत गरेको छ, सभामुखले तिकडम गरेका छन्, अब हामी कानुनी उपचारमा लाग्छौं । अदालतले न्याय नदिए जनताले दिन्छन् ।”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु