Information is intelligence
HomePoliticsसत्ता गठबन्धनका नेताहरुको बैठक जारी

सत्ता गठबन्धनका नेताहरुको बैठक जारी

- Advertisement -spot_img

काठमाडौं : मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ। 

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) जारी बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन्।

सरकार गठनका लागि  हिजो बिहान र बेलुका माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग देउवाले छलफल गरेका थिए। तीन दिनदेखि गठबन्धनका नेताहरुसँग छलफल भइरहे पनि मन्त्रालय बाँडफाँडका विषयमा कुरा मिलिसकेको छैन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु